मौद्रिक नीतिको पर्खाइमा सेयर लगानीकर्ता, सूचक र कारोबार दुबै खस्कियो

मौद्रिक नीतिको पर्खाइमा सेयर लगानीकर्ता, सूचक र कारोबार दुबै खस्कियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सेयर बजारका लगानीकर्ता राष्ट्र बैंकले ल्याउने आगामी आर्थिक वर्षको मौद्रिक नीतिको पर्खाइमा रहदा सेयर कारोबार र सूचक दुबैमा गिरावट आएको छ ।

लगानीकर्ताको आन्दोलन सहमतिमा पुगेपछि आइतबार करिब ९५ अंकले बढेको बजार त्यसपछिका दुई दिन भने लगातार दोहोरो अंकले घटेको छ । सोमबार २३.८५ अंकले घटेको बजार मंगलबार ११.८२ अंकले झरेको छ ।

मौद्रिक नीतिको प्रतिक्षामा रहेका लगानीकर्ताले सेयर खरिदमा रुचि नदेखाउँदा सेयरको माग सृजना हुन सकेको छैन भने बिक्री गर्नेले पनि हतार नगर्दा कारोबार सुस्ताएको छ । मंगलबार एक अर्ब ५ करोड बराबरको मात्र सेयर किनबेच भएको छ। अघिल्लो दिन २ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

मंगलबार नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.१३ अंकमा आइपुगेको छ। यसदिन ३० लाख ३७ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो ।

कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये जीवन बीमा र बैंकिङ्ग सामान्य बढेका छन् भने बाँकी ११ वटै सूचक राताम्मे भए । जलविद्युत सूचक सर्वाधिक १.६९ प्रतिशतले घट्दा, लगानी १.६५, फाइनान्स १.५७, निर्जीवन बीमा १.४०, विकास बैंक १.३५ र उत्पादन तथा प्रशोघन १.०१ प्रतिशतले ओरालो लागेको छ ।

आज एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक ७ करोड ३१ लाख ३३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन ५ करोड ४४ लाख, नागरिक लगानी कोष ५ करोड ३४ लाख, नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ३८ लाख, ङादी ग्रुप पावरको ३ करोड ५२ लाखको सेयर कारोबार भयो ।

हिमालयन डिष्टिलरी, अरुण भ्याली हाइड्रोपावर, नबिल बैंक, नेपाल टेलिकम र नेशनल लाइफ शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् । दशौं ठूलो कारोबार भएको नेशनल लाइफको २ करोड ४३ लाख रुपैयाँको सेयर खरीद बिक्री भएको छ ।

आज सिवाईसी लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य ७९.२० रुपैयाँ बढेर ८७१.७० रुपैयाँ पुगेको छ । उन्नति सहकार्य लघुवित्त ७.७४, कृषि विकास बैंक ५.१० र सनराइज फस्टको इकाईमूल्य ५.०६ प्रतिशतले बढेको छ । एशियन लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन, एनएमबि ५०, रुरु जलविद्युत कम्पनी, कुमारी इक्वीटी फण्ड र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि सामान्य बढेको छ ।

उता, लक्ष्मी इक्वीटी फण्डको इकाईमूल्य सर्वाधिक ५.७३ प्रतिशतले घटेको छ भने जनरल इन्स्योरेन्स कम्पनीको ४.७५ प्रतिशत र युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावरको ४.७० प्रतिशतले घटेको छ । सिंगटी हाइड्रोपावर, नेपाल इन्स्योरेन्स, न्यादी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, आईएमई जनरल इन्स्योरेन्स, माउन्टेन हाइड्रो नेपाल लिमिटेड र ङादी ग्रुप पावरको सेयरमूल्य सेयरमूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।