कात्तिकसम्म घर–जग्गामा वाणिज्य बैंकहरूले गरे सवा २ खर्ब लगानी

कात्तिकसम्म घर–जग्गामा वाणिज्य बैंकहरूले गरे सवा २ खर्ब लगानी

'सबैभन्दा बढी घर–जग्गा शीर्षकमा कर्जा प्रवाह गर्ने बैंकमा एनआईसी एशिया बैंक'


काठमाडाैं – चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिकसम्म हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले सवा २ खर्ब रुपैयाँ बढी घर–जग्गा शीर्षकमा कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिसम्म वाणिज्य बैंकहरुबाट २ खर्ब २५ अर्ब ९७ करोड ७८ लाख रुपैयाँ घर–जग्गा कर्जा गएको हो। अघिल्लो वर्ष यही अवधिमा यो शीर्षकमा वाणिज्य बैंकहरुले २ खर्ब ११ अर्ब ८९ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

सबैभन्दा बढी घर–जग्गा शीर्षकमा कर्जा प्रवाह गर्ने बैंकमा एनआईसी एशिया बैंक रहेको छ। समीक्षा अवधिसम्म यो बैंकबाट २७ अर्ब २१ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २४ अर्ब ७४ करोड ७२ लाख रूपैयाँ, नबिल बैंकले २३ अर्ब ७४ करोड ६८ लाख रुपैयाँ घर–जग्गामा कर्जा प्रवाह गरेका छन् ।

यसैगरी प्राइम कमर्सियल बैंकले १९ अर्ब ७१ कराेड २५ लाख रूपैयाँ, ग्लाेबल आईएमई बैंकले १६ अर्ब ६७ कराेड ९५ लाख रूपैयाँ, प्रभु बैंकले १५ अर्ब ६५ कराेड ८९ लाख रूपैयाँ, लक्ष्मी सनराइज बैंकले १५ अर्ब १० कराेड रूपैयाँ कर्जा प्रवाह गरेका छन्। यस्तै, नेपाल बैंकले १३ अर्ब ७९ कराेड ९० लाख रूपैयाँ, हिमालयन बैंकले १३ अर्ब २९ कराेड ९८ लाख रूपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ९ अर्ब ७२ कराेड ५७ लाख रूपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८ अर्ब २८ कराेड ८५ लाख रूपैयाँ, एभरेष्ट बैंकले ६ अर्ब ५५ कराेड ३२ लाख रूपैयाँ प्रवाह गरेका छन् ।

साे अवधिमा सानिमा बैंकले ५ अर्ब ६३ कराेड २२ लाख रूपैयाँ, एनएमबि बैंकले ४ अर्ब ९१ कराेड २१ लाख रूपैयाँ, नेपाल एसबLआई बैंकले ४ अर्ब ८२ कराेड २५ लाख रूपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब ६५ कराेड ३ लाख रूपैयाँ, सिटिजन्स इन्टरनेशनल बैंकले ४ अर्ब १६ कराेड ४९ लाख रूपैयाँ, कुमारी बैंकले ३ अर्ब ७८ करोड ५६ लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ८५ कराेड ५९ लाख रूपैयाँ प्रवाह गरेका छन् ।

घर–जग्गामा सबैभन्दा कम कर्जा प्रवाह गर्नेमा माछापुच्छ्रे बैंक रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म १ अर्ब ६२ करोड ४६ लाख रुपैयाँ घर–जग्गामा कर्जा प्रवाह गरेको छ।