काठमाडौं – यो साताको तेस्रो कारोबारको दिनसम्म घटेको शेयर बजारमा आज (बुधबार) हरियाली छाएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४५ दशमलव ८८ अंकले बढेकोसँगै बजार २७१५.७१ बिन्दुमा कायम भएको छ ।
आज ३०८ कम्पनीको १ करोड १३ लाख ८६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५ करोड ६ लाख ५४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । न्यादी हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोपावरमा करिब १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लाग्दा खानीखोला हाइड्रोपावरको शेयरभाउमा करिब १० प्रतिशतको गिरावटसँगै नकारात्मक सर्किट लागेको छ।
आज बजारमा जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ३६ करोड १५ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ। आज म्युचुअल फण्ड समूह बाहेक अन्य सबै सूचकमा हरियाली आएको छ ।
आज बैंकिङ्ग समूहको ३.४३ प्रतिशत, विकास बैंक समूहको १.६३ प्रतिशत, फाइनान्स समूहको १.८३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०५ प्रतिशतले शेयर मूल्य बढेको छ ।
प्रतिक्रिया