काठमााडौं – कालिका लघुवित्त वित्तीय संस्थाले बोनस शेयर प्रस्ताव गरेको छ । संस्थाको मंसिर २५ गते बसेको समितिको बैंठकले अघिल्लो आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट बोनस शेयर, नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे हाे।
गत आर्थिक वर्षको मुनाफा तथा अघिल्लो आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजी ३७ करोड २३ लाख २१ हजार ७ सय ८९ रूपैयाँकाे ९.५० प्रतिशत बराबर बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसका लागि राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाएको संस्थाले जनाएको छ ।
प्रतिक्रिया