मिथिला लघुवित्तको लाभांश संशोधन, अब कति ?

मिथिला लघुवित्तको लाभांश संशोधन, अब कति ?


काठमाडौं – मिथिला लघुवित्त वित्तीय संस्थाले बोनस शेयर तथा नगद लाभांश संशोधन गरेको छ । कम्पनी सञ्चालन समितिको मंसिर २५ गते बसेकाे बैठकले यसअघिकाे बैठकले गरेको निर्णय अन्यथा हुन गएकाे भन्दै संशोधन गरेको हो ।

कम्पनीको यसअघि मंसिर २० गते बसेको बैंठको निर्णयअनुसार १४.२८६ प्रतिशत बोनस शेयर र ०.७१४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

यसलाई संशोधन गर्दै कम्पनीले अब १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण हुनेछ ।