लगातार तेस्रो दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लगातार तेस्रो दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

'तीन दिनमा ४५ सय रूपैयाँले बढ्याे सुन'


काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आइतबार प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार ४ सय रुपैयाँले बढेको थियो । मंगलबार प्रतितोला २१ सय रूपैयाँले बढेको सुनको मूल्य आज २ हजार रूपैयाँले बढेको हो । योसँगै तीन दिनमा सुनको मूल्य तोलामा ४५ सय रूपैयाँले बढेको छ ।

आइतबार एक लाख ४९ हजार सात सय रूपैयाँमा कारोबार भएकाे सुन साेमबार एक लाख ५० हजार एक सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेर १ हजार ९२५ रुपैयाँमा काराेबार भइरहेकाे छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ८६५ रुपैयाँमा किनबेच भएको थियो।