काठमाडाैं – गरिमा विकास बैंक कोष प्रवर्दक तथा गरिमा क्यापिटल कोष व्यवस्थापक रहेको गरिमा म्युचुअल फण्डले ;गरिमा समृद्घि योजना’ निष्कासन गर्ने भएको छ । साे समृद्धि योजना पुस ७ देखि सर्वसाधारणका लागि निष्कासन हुने भएको हाे।
बन्दमुखी यस योजना छिटोमा पुस ११ र ढिलोमा २१ गतेसम्म आवेदन खुल्नेछ । प्रतिइकाइ १० रुपैयाँ रहने म्युचुअल फण्डमा न्यूनतम १०० र अधिकतम १ करोड इकाइका लागि आवेदन दिनुपर्ने छ ।
अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । कुल १ अर्ब रुपैयाँको १० करोड इकाइ जारी हुनेमा ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिन लागेको हो । १० वर्षे अवधिको यस योजना बन्दमुखी रहेकाले दोस्रो बजारमा कारोबार हुनेछ ।
प्रतिक्रिया