माछापुच्छ्रे बैंकले लाभांश नदिने

माछापुच्छ्रे बैंकले लाभांश नदिने


काठमाडौं – माछापुच्छ्रे बैंकले शेयरधनीलाई यो पटक लाभांश नदिने भएको छ । कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले गत आर्थिक वर्ष २०८०/८१ काे मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश (बोनस शेयर र नगद) वितरण नगर्ने निर्णय गरेको हो।

कम्पनीको सञ्चालक समिति बैठकले वितरणयोग्य नाफा रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने निर्णय गरेको छ । गत आवको वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

गत आर्थिक वर्षसम्म कायम रहेको वितरणयोग्य मुनाफासहित रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने बैंकले जनाएको छ। यसअघि बैंकले १३.३० प्रतिशत बोनस शेयर प्रदान गरेको थियो । हाल बैंककाे शेयर मूल्य प्रतिकित्ता २४६ रुपैयाँ छ ।