आन्तरिक ऋण उठाउन राष्ट्र बैंकद्धारा १५ अर्ब १३ करोडको ट्रेजरी विल सार्वजनिक 

आन्तरिक ऋण उठाउन राष्ट्र बैंकद्धारा १५ अर्ब १३ करोडको ट्रेजरी विल सार्वजनिक 


बैकिङ्ग समाचार ।

नेपाल राष्ट्र बैंकले सोमबार १५ अर्ब १३ करोड रुपैयाँ बरावरको सरकारी ऋणपत्र निष्कासन गरेको छ । सरकारले पुरानो ऋणपत्रको नविकरण मात्र नभै १० अर्ब रुपौयँ बरावरको नयाँ ऋणपत्र निष्कासन गरेको हो ।

सरकारलाई पूँजी आवश्यक भएपछि केन्द्रीय बैंकले छोटो अवधिको सरकारी ऋणपत्र जारी गर्ने भएको हो । सरकारी ढुकुटीमा राजस्व कम उठ्ने तथा कोरोना भाइरसको असरका कारण आर्थिक गतीविधि ठप्प भएपछि सरकारले जारी संकटसंग लड्न तथा अर्थतन्त्रलाई चलायमान बनाइराख्न राहतको कार्यक्रम समेत ल्याउनु परेको अवस्था छ । त्यसैले पनि पछिल्लो समयमा सरकारले आन्तरिक ऋण उठाउन जोड वल गरीरहेको छ ।

केन्द्रीय बैंकले सोमबार ९१ दिने र ३६४ दिने गरी २ प्रकृतिका ऋणपत्रको निष्कासन गरेको हो । पहिलो सरकारी ऋणपत्र ९१ दिनमा परिपक्क हुन्छ भने दोस्रो ३६४ दिनमा परिपक्क हुने केन्द्रिय बैंकले जनाएको छ । ३ अर्ब १३ करोड रुपैयाँ बरावरको ९१ दिनको र २ अर्ब रुपैयाँ बरावरको ३६४ दिनमा परिपक्क हुने सरकारी ऋणपत्र नविकरण गर्न लागेको हो । यो संगै सोमबार ३६४ दिने १० अर्ब रपैयाँ बरावरको नयाँ सरकारी ऋणपत्र जारी गरेको केन्द्रिय बैंकले जनाएको छ ।

सो ऋणपत्रको व्याजदर भने बोलकबोल मार्फत निर्धारण हुने कन्द्रीय बैंकले जनाएको छ । यसभन्दा अघि जेठ ११ गते केन्द्रीय बैंकले निष्कासन गरेको ९१ दिने ट्रेजरी विलको औसत व्याजदर ३.४८५९ प्रतिशत रहेको थियो । त्यसैगरी ३६४ दिने ट्रेजरी विलको ४.४९८० कायम भएको थियो ।

बित्तीय प्रणालीमा अधिक तरलता भएको समयमा ट्रेजरी विल खरिदका आवेदन धेरै आवेदन आउने हुँदा व्याजदरमा पनि वृद्धि भएको हुन्छ । तर, पछिल्लो समयमा वित्तीय प्रणालीमा तरलता संकुचन तर्फ उन्मूख देखिएकाले व्याजदर वढ्दो गतीमा देखिएको छ । ट्रेजरी विलको रेटलाई वित्तीय प्रणालीको तरलताले प्रभाव पार्ने गर्छ ।

पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको नगद संञ्चिती अनुपातलाई एक प्रतिशतले घटाएको छ । यसरी नगद सञ्चिती अनुपात घटाउदा सरकारलाइ ऋण उठाउन सहज हुन्छ ।