राष्ट्रियस्तरका विकास बैंकले कात्तिकसम्म कमाए २ अर्ब बढी नाफा, सबैभन्दा धेरै कमाउनेमा मुक्तिनाथ

राष्ट्रियस्तरका विकास बैंकले कात्तिकसम्म कमाए २ अर्ब बढी नाफा, सबैभन्दा धेरै कमाउनेमा मुक्तिनाथ

'अघिल्लो वर्षको साेही अवधिकाे तुलनामा नाफा ३१.४३ प्रतिशतले बढ्याे'


काठमाडौं – राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ काे कात्तिकसम्म २ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रिय स्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको कात्तिकसम्म २ अर्ब ३ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्।

अघिल्लो वर्ष यही अवधिसम्म यी बैंकहरुले १ अर्ब ५४ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा ३१.४३ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म सबैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ। यो बैंकले ४२ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यसैगरी, समिक्षा अवधिमा गरिमा विकास बैंकले ३६ करोड ८४ लाख रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ३५ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यस्तै, लुम्बिनी विकास बैंकले २९ करोड ३७ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले २४ करोड ७१ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकले २० करोड १६ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले १३ करोड ६८ लाख रुपैयाँ र ज्योति विकास बैंकले ६६ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेका छन्।