लगातार तेस्रो दिन पनि घट्यो बजार, ६ अंकले परिसूचक घट्दा ४ अर्बको कारोबार

लगातार तेस्रो दिन पनि घट्यो बजार, ६ अंकले परिसूचक घट्दा ४ अर्बको कारोबार

‘बैंकिङ्ग समूह ०.१५ अंकले घट्यो’


काठमाडौं – शेयर बजारमा लगातार तेस्रो दिनपनि गिरावट देखिएको छ । साताको पहिलो कारोबारको दिन आइतबार र सोमबार घटेको बजार मंगलबार पनि घटेको हो । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ६ दशमलव ३२ अंकको गिरावट देखिएको छ ।

आज १४८ कम्पनी घाटामा जाँदा ८५ कम्पनीले नाफा कमाएका छन् । आज ३०३ कम्पनीको ८७ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोडको शेयर कारोबार भएको छ ।

यो दिन जोशी हाइड्रोपावर र खानी खोला हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक साढे ७ प्रतिशत बढीले बढेको छ। आज एनआरएन इन्फ्रास्ट्रक्चरका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको हाराहारीको गिरावटका साथ नकारात्मक सर्किट लागेको छ।

सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ । आज ९ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ्ग समूहको ०.१५ प्रतिशत, विकास बैंक समूहको ०.५२ प्रतिशत, फाइनान्स समूहको ०.७१ प्रतिशतले शेयर मूल्य घटेको छ ।