काठमााडौं– पछिल्लो समय खराब सूचीमा पर्नेको संख्या बढ्दै गएको छ। आर्थिक मन्दीका कारण पछिल्लो समय खराब सूचीमा पर्नेको संख्या दिनानुदिन बढ्दै गएको हो।
कर्जा सूचना केन्द्रका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि कात्तिक मसान्तसम्म मात्र १६ हजार भन्दा बढी खराब सूचीमा परिसकेका छन् । खराब सूचीमा पर्नेमध्ये करिब ७० प्रतिशत चेक अनादरका कारण परेका छन् । साथै, केन्द्रका अनुसार समयमा ऋण वा किस्ता नबुझाएर खराब सूचीमा पर्नेहरूको सङ्ख्या बढिरहेको छ ।
समयमा ऋण भुक्तानी नगर्ने तथा चेक अनादर गर्नेहरूलाई बैंक तथा वित्तीय संस्थाहरूको सिफारिसमा कर्जा सूचना केन्द्रले खराब सूचीमा राख्ने गरेको छ।
प्रतिक्रिया