सहकारी ठगी प्रकरणः रविलाई वीरगञ्ज लगियो

सहकारी ठगी प्रकरणः रविलाई वीरगञ्ज लगियो


काठमाडौं – सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वीरगञ्ज लगिएको छ ।

लामिछानेलाई पोखराबाट काठमाडौं र काठमाडौंबाट बुद्ध एयरको जहाजबाट आज सिमरा पुर्‍याइएको हो । सिमराबाट उनलाई गाडीमार्फत वीरगञ्ज पुर्‍याएको हो ।

पर्साको सानोपाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई वीरगञ्ज लगिएकाे हाे । यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट वीरगञ्ज लगि सकिएको छ ।