काठमाडौं – साताको दोस्रो कारोबारको दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२ दशमलव ८४ अंकले घटेर २६७६ दशमलव १५ को विन्दुमा बन्द भएको छ।
आज बजारमा ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यो कारोबार हिजोको तुलनामा कम हो। हिजाे ७ अर्ब ४६ करोड ३ लाख रुपैयाँको कारोबार भएको थियाे ।
बजारमा आज ९२ कम्पनीको शेयरभाउ बढ्दा १३८ वटाको घटेको छ। आज १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। दोहोरो अंकले घटेको बजारमा आज इमर्जी नेपालका शेयरधनीहरुले सर्वाधिक कमाएका छन्। यो कम्पनीको शेयरभाउ ८.७६ प्रतिशतले बढेको छ।
आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन्। यो लघुवित्तको शेयरमूल्यमा १० प्रतिशतको गिरावटका साथ नकारात्मक सर्किट लागेको छ। यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ३५ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढ्दा ८ वटा समूह घटेका छन्। उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.०६ प्रतिशतले बढ्दा जीवन बीमा समूहमा सर्वाधिक १.६७ प्रतिशतको गिरावट देखिएको छ। त्यस्तै, बैंकिङ्ग समूहमा ०.४६ अंकको गिरावट देखिएकाे छ ।



About Us
प्रतिक्रिया