काठमाडौं – सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज पर्सा लगिने भएको छ । सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला प्रहरी कार्यलय पर्साबाट पक्राउ पूर्जी जारी भएकाले बयानका लागि लामिछानेलाई पर्सा लैजान लागिएको हो।
लामिछानेलाई बुद्ध एयरको विमानबाट पोखराबाट काठमाडौं र काठमाडौंबाट पर्सा लैजान लागिएको हो । गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगि सकिएको छ ।
सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्क र नेचर्स हर्ब्समा रकम गएको देखिएपछि प्रहरीले उनीहरूविरूद्ध पुर्जी लिएको हो।
प्रतिक्रिया