जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै सिटिजन लाइफ

जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै सिटिजन लाइफ



काठमाडौ– सिटिजन लाइफ इन्स्योरेन्सले जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ ।

उक्त तालिममा सहभागी हुन इच्छुक मानिसहरुले कम्पनीको नजिकका शाखा कार्यालयमा सम्पर्क राखेर आवश्यक प्रक्रिया पुरा गर्न सक्ने कम्पनीले जनाएको छ । सूचना अनुसार तालिममा सहभागी हुन न्यूनतम् एसईई उत्तिर्ण गरेको हुनुपर्ने छ ।

अभिकर्ता तालिम सम्बन्धि विस्तृत जानकारी कम्पनीको वेबसाइट मा राखिएको छ ।