काठमाडौं – नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच शेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्तकुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले हस्ताक्षर गरेका छन् ।
इर्खुवा हाइड्रोले प्रति शेयर एक सयका दरले २८ लाख पाँच हजार सात सय ५० कित्ता बापतको २८ करोड पाँच लाख ७५ हजार बराबरको शेऋयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले छ महिनासम्म रहनेछ ।



About Us
प्रतिक्रिया