शेयर बजारमा ४५ अंकको गिरावट, कारोबार रकम ७ अर्बमाथि

शेयर बजारमा ४५ अंकको गिरावट, कारोबार रकम ७ अर्बमाथि


काठमाडौं – साताको शेयर कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गिरावट आएको छ । आज आइतबार ४५ दशमलव ९३ अंकको गिरावट आएको हो ।

आइतबार बजारमा ठुलो गिरावट देखिएपनि केहि कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको हो । नेप्से ४५ अकंले घटेर २६८९ बिन्दुमा कायम भएको छ । आज ७ अर्ब ४६ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज बजार घट्दा पनि खानीखोला हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको हो । यस्तै, दोल्ती पावरको ८.७७ प्रतिशत, केबिएल डिबेञ्चर २०९० को ८.१४ प्रतिशत, स्वाभिमान लघुवित्तको ७.८९ प्रतिशत र मैलुङ हाइड्रोपावरको शेयर मूल्य ६.५० प्रतिशतले बढेको छ ।