काठमाडौं – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले सुदुरपश्चिम प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल १६० जनाभन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा विभागिय प्रमुख तथा सुदुरपश्चिम प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमादिप प्रज्वलन गदै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरिएको थियो भने प्रदेश बाट आफ्नो कोडमा र संजलमाप्रथम, द्वित्तीय र तृत्तीयहुन सफल अभिकर्ताहरुलाई विशेष सम्मानतथा पुरस्कृत गरिएको थियो । यसै गरी यस प्रदेशबाट नेशनल रत्नहुने अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिईओ क्लब र नेशनल रत्नअन्तर्गत योग्यहुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्नगर्दै जाने कम्पनीको योजना अनुरुप सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरुलाई सम्मानगरिए संगै सिइओ क्लबको सातै प्रदेशको कार्यक्रम सकिएको बताउदै सबै प्रदेशबाट यस कार्यक्रममा सहभागि जनाउने सबै अभिकर्ताहरुलाई धन्यावाद तथा बधाई ज्ञापन गरे ।
अभिकर्ताहरु माझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै अनुशरण गरी सीईओ क्लब सदस्यता वितरण कार्यक्रमको धारणा ल्याइएको र यसबाट स–साना व्यवसाय गर्ने अभिकर्ताहरुलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुराउने उदेश्य रहेको उनले बताए ।
समारोहमा सीईओ क्लव सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै प्रदेशमा सम्मान ग्रहण गर्न पाउँदा आफूहरुको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए ।
प्रतिक्रिया