काठमाडौं – लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको काठमाडौं महानगरपालिका वडा नं.२२ स्थित पाको, न्यु रोडमा रहेको शाखालाई ललितपुर महानगरपालिकाको वडा नं.९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरेको हो । स्थानान्तरण गरिएको साबिकको शाखाका ग्राहकहरूले न्यु रोडमै रहेको अर्को शाखा अघिल्लो शाखाबाट ३०० मिटर पूर्वतर्फ बाट पनि सेवा लिन सक्ने बैंकले जनाएको छ ।
स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै सेवाग्राहीहरूमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ्ग सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।
बैंकले च्यासलमा नै शाखा खोल्नुको मुख्य कारण भने आफ्ना ग्राहकलाई सहजता प्रदान गर्नु रहेको बताएको छ । हाल कर्जा प्रवाहमा संकुचन आएको अवस्थामा पनि बैंकले शाखा सञ्चालनलाई निरन्तरता दिएको बताएको हो । बैंकले अन्य शाखाहरुमा जसरी नै ग्राहकको हितमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२५ एटिएम, २६ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन् ।
प्रतिक्रिया