रविलाई थप १३ दिन हिरासतमा राख्न माग

रविलाई थप १३ दिन हिरासतमा राख्न माग


पोखरा – सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई १३ दिन म्याद थपको माग गर्दै प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ ।

उनी माथि अनुसन्धान अझै नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले आज म्याद थपका लागि पुनः अदालत उपस्थित गराएको हो ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो । त्यसपछि रुपन्देही र काठमाडौंमा बयान सकेर उनलाई गत मंगलबार चितवन समेत लगेर बयान लिइएको थियो ।