बीमितलाई अपुग कागजात पेश गर्न शिखर इन्स्योरेन्सको आग्रह

बीमितलाई अपुग कागजात पेश गर्न शिखर इन्स्योरेन्सको आग्रह



काठमाडौं – शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबीका लागि निवेदन दिएका बीमितहरूलाई अपुग कागजात पेश गर्न आग्रह गरेको छ।

कम्पनीले ३५ दिनभित्र आवश्यक सम्पूर्ण कागजात सहित कम्पनीको केन्द्रीय दाबी विभाग, प्रादेशिक कार्यालय, शाखा कार्यालय र कम्पनीबाट सम्बन्धित दाबीमा खटाइएका सर्भेयरलाई कागजात उपलब्ध गराई दाबी भुक्तानी लिन समेत आग्रह गरेको छ।

गत भदौ १६ देखि मंसिर १५ गतेसम्म परेको दाबी निवेदनमा दाबी मूल्याङ्कनका लागि आवश्यक कागजात प्राप्त नभएको र बीमित तथा बीमितको प्रतिनिधि सम्पर्कमा नआएकाले दाबी प्रक्रिया रोकिएको कम्पनीले जनाएको छ।

समयमै कागजात पेश गरी दाबी नलिएको खण्डमा सम्बन्धित व्यक्तिको दाबीको फाइल बन्द गरिने कम्पनीले जनाएको छ।