स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति


काठमाडौं – स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। स्टार माइक्रो इन्स्योरेन्सको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमी एस क्यापिटल रहेको छ।

धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले २२ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

हाल धितोपत्र बोर्डको पाइपलाइनमा क्रेस्ट माइक्रो लाइफ, नेपाल माइक्रो लाइफ, र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको आइपीओ रहेको छ। स्टार माइक्रो थपिएसँगै यो संख्या ४ पुगेको छ।

नेपाल बीमा प्राधिकरणले लघु बीमकहरुलाई तत्काल आइपीओ ल्याउन निर्देशन दिएको थियो। प्राधिकरणले लघु बीमकको इजाजतपत्र जारी गर्दा न्यूनतम चुक्तापुँजी ७५ करोड रुपैयाँ तोकेको छ। योमध्ये ७० प्रतिशत अर्थात् ५२ करोड ५० लाख रुपैयाँ संस्थापक शेयरधनीले लगानी गरेका छन् । बाँकी ३० प्रतिशत सर्वसाधारणबाट थप २२ करोड ५० लाख रुपैयाँ लगानी जुटाउन लघु बीमकले आइपीओ ल्याउन लागेका हुन्।