कामना सेवा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

कामना सेवा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत


काठमाडौं – कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत असोज ३० गते १८ औं वार्षिक साधारणसभा गरी उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरी कुल १२ प्रतिशत लाभाशं पारित गरेको थियो ।

उक्त ७ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत भएको बोनस शेयर सेयरधनीहरूको डिम्याट खातामा जम्मा भइसकेको बैंकले जनाएको छ ।

नगद लाभाशं वापतको रकम साधारण सभाबाट पारित भएलगत्तै सम्बन्धित बैंक खातामा जम्मा गरिसकिएको बैंकले जनाएको छ ।