मिथिला लघुवित्तद्वारा १५ प्रतिशत लाभांश घोषणा

मिथिला लघुवित्तद्वारा १५ प्रतिशत लाभांश घोषणा


काठमाडौं – मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल कम्पनीको चुक्ता पुँजी १९ करोड ६० लाख २ हजार रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।