काठमाडौं – सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले शेयरधनी दर्ता किताब (बुक क्लोज) बन्द गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको मंसिर २० गते बसेको बैठकको निर्णयअनुसार कम्पनीले पुष ११ गते बुक क्लोज गर्ने भएको छ ।
धितोपत्र सुचिकरण विनियमावली २०७५ को विनियम २२ को (२) तथा धितोपत्र सुचिकरण सम्झौता बमोजिम नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको थियो । कम्पनीले नवौं वार्षिक साधारणसभा मंसिर २३ गते (७ जनवरी, २०२५) गर्ने भएको छ।
उक्त वार्षिक साधारणसभा प्रयोजका लागि पुष ११ गते बुक क्लोज गर्ने र पुष १० गते शेयर कारोबार भई, शेयर खरिद गरी आफ्नो नाममा नामसार भई आएका शेयरधनीहरुलाई सो सभामा भाग लिन योग्य हुने भएका छन् ।
कम्पनीले आगामी वार्षिक साधारणसभामा गाभ्ने/ गाभिने वा एकिकरण गर्ने आवश्यक प्रक्रियाहरु अगाडी बढाउन सञ्चालन समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पनि पेश गर्ने भएको छ ।
प्रतिक्रिया