काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार प्रतितोला १ हजार ६ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार १२ सय रूपैयाँ, मंगलबार १ हजार रूपैयाँ, बुधबार १ सय रूपैयाँ, बिहीबार ३ सय रुपैयाँले बढको थियो ।
आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको थियो ।
प्रतिक्रिया