नेपाल टेलिकमले घटायो इन्टरनेट र इन्ट्रानेट लिज को शुल्क

नेपाल टेलिकमले घटायो इन्टरनेट र इन्ट्रानेट लिज को शुल्क

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो ।

इन्टरनेटको लिज लाइनअन्तर्गत एकदेखि २० एमबिपीएस ब्यान्डविथको महसुल दर अब एक हजार ६०० रुपैयाँ मात्र कायम गरिएको छ । यसअघि दुई हजार शुल्क रहेकामा टेलिकमले ४०० सय रुपैयाँ घटाएको हो ।

यस्तै २१ देखि ५० एमबिपीएसको महसुल दर दुई हजार ३०० रहेकामा एक हजार ६०० बनाइएको छ । ५१ देखि १०० एमबिपीएसको दुई हजार १०० र १०० एमबिपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल एक हजार ९०० रहेकामा दुवैको महसुल दर घटाएर एक हजार ५०० कायम गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

उनका अनुसार इन्ट्रानेटलिज लाइनअन्तर्गत एकदेखि १० एमबिपीएस व्यान्डविथको महसुल दुई हजार ७०० रहेकामा दुई हजार ४०० बनाइएको छ । यसैगरी ११ देखि १०० एमबिपीएसको दुई हजार ४०० रहेकामा दुई हजार १००, १०० एमबिपीएसभन्दा बढीको दुई हजार १०० रहेकामा एक हजार ८०० कायम गरिएको छ ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । उक्त सेवामा इन्टरनेटको अपलिङ्क र डाउनलिङ्क क्षमता सधैं बराबर  रहदैन साथै २४सै घण्टा निरन्तर डेडिकेटेडरूपमा उपलब्ध भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए।