काठमाडौं – चीन सरकारले नेपाललाई १२ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चीन सरकारले २०७२ सालमा घोषणा गरेकोसहित कूल १२ अर्ब रुपैयाँभन्दा बढी अनुदान घोषणा गरेको हो ।
प्रधानमन्त्री केपीशर्मा ओली यही मंसिर १७ गतेदेखि २० गतेसम्म चीन भ्रमणमा गएका थिए । यहीक्रममा प्राप्त उपलब्धिबारे प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको सचिवालयले १२ अर्ब रुपैयाँ अनुदान प्राप्त हुने जानकारी दिएको हो ।
चीन सरकारले २०७२ सालदेखि हालसम्म घोषणा गरेको २ अर्ब ७० करोड रुपैयाँ र भ्रमणका क्रममा घोषणा भएको ९ अर्ब ३४ करोड रुपैयाँ गरी १२ अर्ब अनुदान दिने भएको हो ।
प्रतिक्रिया