साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भयो बजार, ८ अर्ब ३६ करोडको कारोबार

साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भयो बजार, ८ अर्ब ३६ करोडको कारोबार

' बैंकिङ्ग समूह ०.९७ प्रतिशतले घट्याे'


काठमाडौं – आज साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशलमव ९३ अंकले घटेर २,७३४ को विन्दुमा बन्द भएको छ ।

आज ४० कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३०७ कम्पनीको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ ।

आज यस कम्पनीको ४२ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २९ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एलआइसी नेपालको २० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज ११ उपसूचक राताम्य भएका छन् । यसदिन विकास बैंक समूहको १.०८ प्रतिशत, बैंकिङ्ग समूहको ०.९७ प्रतिशत, फाइनान्स समूहको २.७८ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.६३ प्रतिशतले शेयर मूल्य घटेको छ ।