छिमेक लघुवित्तले नगद लाभांश र बोनस दिँदै

छिमेक लघुवित्तले नगद लाभांश र बोनस दिँदै


काठमाडौं – छिमेक लघुवित्तले वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई नगद लाभांश र बोनस दिने भएको छ । कम्पनीको सञ्चालन समितिको ३१० बैंठकको निर्णयअनुसार आफ्ना शेयरधनीलाई नगद लाभांश र बोनस दिने भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ विवरण योग्य मुनाफाबाट शेयरधनीलाई कायम चुक्ता पुँजी २ अर्ब ९७ करोड ७१ लाख ७२ हजार १ सय रुपैयाँको ८ प्रतिशतले २३ करोड ८१ लाख ७३ हजार ७ सय ६८ रुपैयाँ बोनस शेयर दिने भएको हो ।

त्यस्तै, ७ प्रतिशतले हुन आउने २० करोड ८४ लाख २ हजार ४७ रुपैयाँ नगद लाभांश दिने भएको हो । १५ प्रतिशतले हुन आउने ४४ करोड ६५ लाख ७५ हजार ८ सय १५ रुपैयाँ कुल लाभाशं दिने भएको छ ।

साथै, उक्त प्रस्तावित निर्णयलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत गरी आगामी साधारणसभाबाट पारित गरी वितरण गर्ने भएको हो।