काठमाडौं – तारागाउँ रिजेन्सी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने घोषणा गरेको हो ।
होटलको मंसिर १९ गते बुधवार बसेको संचालक समिति बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको आधारमा करसमेत ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापुँजी एक अर्ब ९६ करोड २१ लाख २० हजार रुपैयाँ छ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २५ गते वार्षिक साधारणसभा गर्ने जनाएको छ ।
प्रतिक्रिया