काठमाडौं – माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आफ्ना शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । कम्पनी सञ्चालन समितिको मंसिर १९ गते बुधबार बसेको बैठकलेशेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेकाे हाे ।
यस कम्पनीको ११ औं साधारण सभाबाट पुष २५ गते (९ जनवरी, २०२५) गतेका दिन कम्पनीको शेयरधनी दर्ता किताब गर्नुका साथै नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा पुष ११ गते कारोबार भई शेयरधनी खरिद गरी आफ्नो नाममा शेयर नामसारी भई आएका शेयरधनीहरुलाई सो सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले सामान्य उद्देश्य भएका अन्य कुनै उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने कम्पनीलाई एकीकरण गर्ने र यस साथै नियम अनुसारका आवश्यक सम्पुर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालन समितिलाई पुर्ण अख्तियारी प्रदान पनि गर्ने भएको छ ।
प्रतिक्रिया