काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध आज बुधबार पक्राउ पुर्जी जारी भएको हाे ।
सहकारीले ऐन विपरीत सदस्य समेत नरहेका वीरगन्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ। हाल चितवन प्रहरी हिरासतमा रहेका लामिछाने माथि पर्सा प्रहरीले पुनः पक्राउ पुर्जी जारी गरेको हो ।
लामिछाने माथि बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको सहारा, वीरगञ्जको सानो पाइलालगायत सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ६५ करोड बढी रकम हिनामिना प्रकरणमा पनि अनुसन्धान भइरहकाे छ ।
प्रतिक्रिया