काठमाडौं – नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामकुमार तिवारी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले तिवारीलाई प्रबन्ध सञ्चालक तथा सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
भारतीय स्टेट बैंकसँगको सेवा सम्झौता बमोजिम एसबीआईबाट नेपाल एसबिआई बैंकमा खटिई आएका बैंकका प्रबन्ध सञ्चालक तथा सीईओ दीपककुमार देका स्थानमा तिवारीलाई नियुक्त गर्ने निर्णय भएको जनाएको छ ।
तिवारीले आगामी माघ २ गतेदेखि सीईओको जिम्मेवारी सम्हाल्ने छन् । करिब १९ वर्षको बैंकिङ्ग अनुभव भएका तिवारीले इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटिबाट बैंकिङ्ग एण्ड फाइनान्समा एमबीए गरेका छन् ।
प्रतिक्रिया