दोर्दीखोला जलविद्युतको आईपीओ बाँडफाँड, कसले कति पाए ?

दोर्दीखोला जलविद्युतको आईपीओ बाँडफाँड, कसले कति पाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 बैंकिङ्ग समाचार, काठमाडौं 

दोर्दीखोला जलविद्युत कम्पनीले निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बुधबार बिहान बाँडफाँड भएको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको हो । बाँडफाँडमा भाग्यमानी २ लाख १ हजार ९८६ जनाले गोलाप्रथाबाट सेयर पाएका छन् । जसमध्ये ९ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् भने २ लाख १ हजार ९७७ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गते गतेसम्म सर्बसाधारणलाई २१ लाख ९५ हजार ५०९ कित्ता सेयर जारी गरेको थियो । जस मध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकी २० लाख १९ हजार ८६९ कित्ताको लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।