काठमाडाैं – युनाइटेड अजोड इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमल गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
वित्तीय तथा बीमा क्षेत्रका अनुभवी र उत्कृष्ट निर्णय लिन सक्ने क्षमता भएका व्यक्ति हुन् कमल गौतम । उनको नेतृत्वमा कम्पनीले उल्लेख्य प्रगती गर्ने कम्पनी सञ्चालक समितिले विश्वास लिएको छ ।
हिमालयन इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्ज हुनुभन्दा पहिला उनले एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतका रुपमा समेत काम गरिसकेका छन् ।
बैंक र बीमा क्षेत्रमा तीन दशक बढीको अनुभव सम्हालेका गौतमले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन्। उनीसँग साढे दुई दशकको बैंकिङ्ग अनुभव रहेको छ।
प्रतिक्रिया