चितवनमा भाेलि पनि रविको बयान लिइने

चितवनमा भाेलि पनि रविको बयान लिइने


काठमाडौं – सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकाे जिल्ला सरकारी वकिल कार्यालय चितवनमा बयान सुरू भएकाे छ । आजबाट सुरु भएको बयान भोलि पनि जारी रहने भएको हाे ।

चितवनमा पनि सहकारी ठगीको उजुरी परेपछि लामिछानेलाई मंगलबार बिहान चितवन लगिएको थियो । चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा लामिछानेविरुद्ध गत मंसिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो । त्यसपछि रुपन्देही र काठमाडौंमा बयान सकेर उनलाई मंगलबार चितवन लगिएको हो ।