अनशनरत कोइराला पाटन अस्पतालमा भर्ना

अनशनरत कोइराला पाटन अस्पतालमा भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

स्वास्थ्य अवस्था विग्रदै गएपछि नेपाल धितोपत्र बोर्ड अगाडि आमरण अनशनमा बसेका लगानीकर्ता तिलक कोइरालालाई उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको छ ।

सेयर बजार सुधारको मागगर्दै असार १ गतेदेखि कोइराला अनसन बस्दै आएका छन् । बान्ता हुने र ज्वरो आउने समस्या सुरु भएपछि उनलाई अस्पताल लगिएको हो ।

कोइराला पहिलेदेखि नै उच्च रक्तचाप र मधुमेयको समस्या थियो । अहिले दुवै असन्तुलित रहेको जनाइएको छ ।

पूँजी बजार सुधार संघर्ष समितिका संयोजक कोइराला विगत ७ दिनदेखि १९ बुँदे मागसहित आमरण अनशनमा छन् । पूँजी बजारको सुधारका लागि भन्दै पछिल्लो समय लगानीकर्ताले दैनिक प्रदर्शनसमेत गर्दै आएका छन् ।