काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार घटेको शेयर बजार सोमबार र मंगलबार लगातार दुइ दिन बढेको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १७ दशमल ८० अंकको वृद्धि देखिएको छ । आज बजार बढेसँग १४२ कम्पनी नाफामा गएका छन् भने ९७ कम्पनी घाटामा गएका छन्।
आज दिनभरिमा ३०७ कम्पनीको १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
जानकी फाइनान्सको २६ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । वेष्ट फाइनान्सको २४ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोपावर र इङवा हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र सुपरमादी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै अपर साङगे हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ५१ प्रतिशतका दरले गुमाएका हुन् । आज सात उपसूचकमा हरियाली आएको छ । आज फाइनान्स समूहको १.३९ प्रतिशत, हाइड्रोपावर समूहको १.८५ प्रतिशत र जीवन बीमा समूहको १.५२ प्रतिशतले बढेको हो ।
प्रतिक्रिया