विजय लघुवित्तको आयेजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

विजय लघुवित्तको आयेजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


काठमाडौं – विजय लघुवित्त वित्तिय संस्थाको आयोजनामा बिद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । विजय सामुदायिक शिक्षा सदनको सभाहल गैडाकोटमा आयोजित कार्यक्रममा सो विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत करिब २ सय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विजय लघुवित्त वित्तिय संस्था लिमिटेडका सञ्चालक खेमराज सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संस्थाका अध्यक्ष लोक बहादुर खड्का, सञ्चालक कपिल न्यौपाने, सञ्चालक कमलप्रसाद ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत बसन्त राज लम्साल, विद्यालयका उपाध्यक्ष विरभद्र सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत नारायण सापकोटाले गरेका थिए । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लम्सालले वित्तीय साक्षरताको विषयमा प्रस्तुतीकरण दिएका थिए । प्रस्तुतीकरणमा वित्तीय साक्षरताको अर्थ, यसको महत्व, सिद्धान्तहरु तथा वित्तीय साक्षरताका क्षेत्रहरुकोविषयमा विद्यार्थीहरुसंग अन्तरक्रियात्मक छलफल गरे ।

उनले आवश्यकता र चाहाना, पारिवारिक बजेट, वित्तीय लक्ष्य, बचत, कर्जा तथा वित्तीय सेवा प्रदायक संस्थाहरुको बारेमा विस्तृत रुपमा भएको छलफल गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष श्री लोक बहादुर खड्काले निक्षेप तथा कर्जा सुरक्षा, विद्युतीय वित्तीय सेवा र यसको उपयोग, सम्पत्ती शुद्धीकरणको विषयमा जानकारी गराए ।

सोही अवसरमा मन्तब्य दिनु हुदै संस्थाका सञ्चालक कमल प्रसाद ज्ञावालीले लघुवित्तले वित्तीय पहुँचमा पु¥याएको योगदानको विषयमा चर्चा गरेका थिए । शुभकामना ब्यक्त गर्दै विद्यालयका उपाध्यक्ष विरभद्र सापकोटाले कार्यक्रम विद्यार्थीहरुका लागि उपयोगी रहेको बताए ।