माउन्टेन इनर्जीद्वारा १५.७८ प्रतिशत लाभांश घोषणा

माउन्टेन इनर्जीद्वारा १५.७८ प्रतिशत लाभांश घोषणा


काठमाडौं – माउन्टेन इनर्जी नेपालले शेयरधनीलाई बोनस शेयर घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले शेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले सो लाभांशका लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १० गतेसम्म शेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले बोनस शेयर पाउने छन् । सोमबार बजार बन्द हुँदा यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७१९ रुपैयाँ छ ।

आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले बाेनस शेयर पाउने छन् ।