काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला १ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै आज सुन प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुन प्रतितोला १ एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। हिजाे सुन तोलामा १ हजार २०० रुपैयाँले घटेकाे थियाे ।
त्यसैगरी, चाँदीको मूल्य मंगलबार ३० रुपैयाँ बढेर तोलाको १ हजार ८ सय ४५ मा किनबेच भइरहेको छ । सोमबार तोलाको १ हजार ८ सय १५ रुपैयाँ थियो ।
प्रतिक्रिया