दुई कम्पनीको शेयर मूल्य समायोजन, समायोजन पछिको मूल्य कति ?

दुई कम्पनीको शेयर मूल्य समायोजन, समायोजन पछिको मूल्य कति ?


काठमाडौं –  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)  मा सूचीकृत २ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा नेशनल लघुवित्त र ङादी ग्रुप पावरको मूल्य समायोजन भएको हो ।

दुवै कम्पनीको समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै कारोबार सुरु हुने नेप्सेले जनाएको छ । नेशनल लघुवित्तले शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य १३ सय ५५.८० रूपैयाँ कायम भएकाे छ ।

यसअघि साे कम्पनीकाे मूल्य १५ सय ४९ रूपैयाँ थियो । यस्तै, ङादी ग्रुप पावरले शेयरधनीहरुलाई १०० प्रतिशत हकप्रद दिने भएपछि प्रतिशेयर मूल्य २८९ रूपैयाँ कायम गरिएको छ । यसअघि ४७८ रूपैयाँ थियो ।