नेप्सेमा १९ अंकको वृद्धि, साढे १० अर्बको कारोबार

नेप्सेमा १९ अंकको वृद्धि, साढे १० अर्बको कारोबार

'आज ९ उपसूचकमा हरियाली'


काठमाडौं – साताको दोस्रो कारोबारको दिन आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १९ दशलमव ९७ अंकले बढेर २,७५८ को विन्दुमा कायम भएको छ । आज १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११२ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३१४ कम्पनीको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । कम्पनीको ५९ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सी, विशाल बजार कम्पनी, खानीखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

जोशी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

आज ९ उपसूचकमा हरियाली छाउँदा होटल तथा पर्यटन समूहको ४.९९ प्रतिशत, हाइड्रोपावर समूहको ०.६२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.६० प्रतिशतले शेयर मूल्य बढेको छ ।