बीमा कम्पनीको भरपर्दो व्यापार बन्दै वैदेशिक रोजगारमा जानेहरु, कात्तिकसम्म कमाए एक अर्बभन्दा बढी

बीमा कम्पनीको भरपर्दो व्यापार बन्दै वैदेशिक रोजगारमा जानेहरु, कात्तिकसम्म कमाए एक अर्बभन्दा बढी


काठमाडौं – चालु आर्थिक वर्षको कात्तिकसम्म जीवन बीमकहरुले वैदेशिक रोजगार बीमा व्यापारबाट १ अर्ब ५ करोड ६७ लाख ८७ हजार रुपैयाँ बढी भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १० वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले २१ लाख ६८ हजार ५५ वटा वैदेशिक रोजगार बीमालेख बिक्री गरेर उक्त बीमाशुल्क संकलन गरेका हुन ।

तथ्यांकअनुसार वैदेशिक रोजगार बीमालेख बिक्री गरेर सबैभन्दा धेरै सन नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । यो कम्पनीले ४६ करोड ५२ लाख २५ हजार रुपैयाँको व्यापार गरेको छ । यो कुल वैदेशिक रोजगार बीमा व्यापारको ४४.०२ प्रतिशत हिस्सा हो ।

त्यस्तै, वैदेशिक रोजागार बीमाको व्यापार गर्नेमा एसियन लाइफ रहेको छ । कात्तिकसम्म यो कम्पनीले २० करोड २० लाख ११ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कुल वैदेशिक रोजगार बीमाको व्यापारमा एसियन लाइफको हिस्सा १९.५५ प्रतिशत रहेको छ । नेपाल लाइफ कम्पनीले वैदेशिक रोजगार बीमालेख बिक्री गरेर ८ करोड ९६ लाख ९७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो व्यापारमा यस कम्पनीको हिस्सा ८.४९ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म वैदेशिक रोजगार बीमालेख बिक्री गरेर नेसनल लाइफले ८ करोड ३२ लाख २९ हजार रुपैयाँ, सानिमा लाइफले ५ करोड ३४ लाख ९५ हजार रुपैयाँ, सूर्यज्योति लाइफले ५ करोड १७ लाख ९ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ करोड ३० लाख ५३ हजार रुपैयाँ, आइएमई लाइफले ३ करोड ६३ लाख २८ हजार रुपैयाँ, सिटिजन लाइफले २ करोड ९४ लाख २ हजार रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १२ लाख ८१ हजार रुपैयाँ र हिमालयन लाइफले ५ लाख ५५ हजार बीमाशुल्क संकलन गरेका छन् ।

यसैगरी, वैदेशिक रोजगार बीमालेख बिक्रीबाट लिबर्टी माइक्रो लाइफले ४ लाख ९४ हजार रुपैयाँ, क्रेष्ट माइक्रो लाइफले १ लाख ८६ हजार रुपैयाँ र गार्डिन माइक्रो लाइफले १ लाख २० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।