काठमाडौं – प्रधानमन्त्री केपीशर्मा ओली आज उत्तर छिमेकी राष्ट्र चीनको भ्रमणमा भ्रमणमा उडेका छन् । २० गतेसम्मको प्रधानमन्त्रीस्तरीय चीन भ्रमणका लागि आज साढे ९ बजे प्रधानमन्त्री ओली चीन भ्रमणमा भ्रमणमा जाने कार्यक्रमअनुसार ४ दिने भ्रमण तालिका मिलाएर चीन भ्रमणमा उडेका हुन् ।
उनी चिनियाँ प्रधानमन्त्री लि क्विङ्गको निमन्त्रणमा चीन भ्रमणमा गएका हुन् । चार्टड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ९ बजे उड्ने कार्यक्रमबमोजिम प्रधानमन्त्री चीन जाने कार्यक्रम अनुसार चीनतर्फ प्रस्थान गरेको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीको भ्रमणको तयारी स्वरुप परराष्ट्रमन्त्री आरजु राणा चीन पुगेकी थिइन् । उनले त्यसक्रममा प्रधानमन्त्रीको भ्रमणको कार्यतालिकादेखि आवश्यक तयारी गरेकी थिइन् ।
यसपटकको प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मूख्य एजेन्डाकारुपमा रहेको छ । बीआरआईबाट नेपालले ऋण स्वीकार गर्ने वा नगर्ने भन्ने विषय चर्चाको विषय छ ।
प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसले बीआरआईबाट नेपालले अनुदान मात्रै स्वीकार गर्ने भन्दै प्रधानमन्त्री ओलीलाई दबाब दिएको थियो । सोहीबमोजिम चीन भ्रमणका क्रममा नेपालले ऋणको सट्टा अनुदानलाई प्राथमिक्तामा राख्नेछ ।
प्रधानमन्त्रीसँग ३ दर्जन उद्योगी चीन जाँदै
प्रधानमन्त्री केपीशर्मा ओलीको चीन भ्रमणमा विभिन्न क्षेत्रका ३६ जना व्यवसायी समेत जाने भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ लगायत विभिन्न व्यवसायीक छाता संगठनको प्रतिनिधित्व गर्दै ३६ जना व्यवसायी चीन जाने भएका हुन् ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । २० गतेसम्म हुने प्रधानमन्त्रीस्तरीय चीन भ्रमणमा नेपाल उद्योग वाणिज्य महासंघका १६ जना जाँदैछन् । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षसहित १६ जना प्रतिनिधि महासंघबाट चीन जानेछन् ।
यस्तै, परिसंघबाट अध्यक्ष र उपाध्यक्ष गरी दुई जना तथा चेम्बरबाट अध्यक्ष, उपाध्यक्षसहित ६ जनाको टोली चीन जानेछ । यसैगरी, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)बाट अध्यक्षसहित ६ जनाको टोली समेत चीन जानेछ । यसैगरी, नाडा अटोमोबाइल्स एसोसिएसनबाट अध्यक्षसहित दुई जनाको टोली जानेछ ।
यसैगरी, निर्यात व्यवसायीक महासंघ, साना तथा मझौला उद्योग व्यवसायी महासंघ, नेपाल उद्योग महासंघ र वीवाईडीको नेपाल बिक्रेता साइमेक्सका प्रतिनिधिकारुपमा अध्यक्षहरु चीन जानेछन् ।
प्रतिक्रिया