रसुवागढी हाइड्रोपावरको ६८ करोडको आईपीओ असार १३ गतेदेखि

रसुवागढी हाइड्रोपावरको ६८ करोडको आईपीओ असार १३ गतेदेखि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले असार १३ गतेदेखि ६८ करोड बढी मूल्यको (आईपीओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि उक्त आईपीओ बिक्रीमा ल्याउन लागेको हो । सर्वसाधारणलाई भने कम्पनीले यसअघि नै सेयर जारी गरेर दोस्रो बजारमा खरिद बिक्री समेत हुँदै आइरहेको छ ।

कम्पनीले स्थानीय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत बराबरले हुन ६८ लाख ४२ हजार १०० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । यो सेयरमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नम्बर १ थुमन र वडा नम्बर २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङ र वडा नम्बर ५ चिलिमेका साथै गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नम्बर ४ लाङटाङ, वडा नम्बर ५ स्याफ्रुबेशी र वडा नम्बर ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

निष्काशन गरिएको कुल १० प्रतिशत शेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.५:१.५:१ अनुपातमा बाँडफाँड गरिने जनाएको छ ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओको निष्काशन बन्द छिटोमा असार २७ गते हुनेछ । सो अवधिभित्र सबै सेयरको माग नपरेको खण्डमा भने ढिलोमा साउन १० गतेसम्म आईपीओ खुला हुने हुनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।