काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पति बिक्री गर्ने भएको छ । बैंकले आइतबार एक सूचना प्रकाशित गर्दै आफ्नो नाममा दर्ता भएको स्थिर सम्पति लिलाम गर्न गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो ।
बैंकले देशभर रहेका ५० स्थानका घर जग्गाा बिक्रीमा ल्याएको छ । बैंकका अनुसार सो गैर बैकिङ्ग सम्पति जहाँ जे जस्तो अवस्था र परिणाममा गोप्य शिलवन्दी बोलपत्रबाट बिक्री गरिने बैंकले जनाएको छ ।
बैंकले ७ दिने गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ। बैंकको स्थिर सम्पत्ति खरिद गर्न चाहाने इच्छुक ब्यक्ति, फर्म वा कम्पनीले सूचना प्रकाशित मितिले ७ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय कर्जा अशुली विभाग, राधाभवन, त्रिपुरेश्वर, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
बैंकले रूपन्देही, पर्सा, बारा, ललितपुर,काठमाडाैं लगायत देशभरका विभिन्न स्थानमा रहेका बैंकिङ्ग सम्पति बिक्री गर्ने भएकाे हाे।
प्रतिक्रिया