काठमाडाैं – समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: टीकानिधि लोहनी नियुक्त भएका छन् । मंसिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई पुन: सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको यसअघिको कार्यकाल मंसिर १४ गते सकिएको थियो । कम्पनीले मंसिर १५ गतेदेखि लागू हुनेगरी उनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले लोहनीलाई आगामी ४ वर्षसम्मको लागि नियुक्त गरेको हो ।
प्रतिक्रिया